अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नगरपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सुनवलले बाँझो जमिनमा खेती गर्न प्रोत्साहित गर्ने

नगरपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सुनवलले बाँझो जमिनमा खेती गर्न प्रोत्साहित गर्ने


सुनवल- सुनवल नगरपालिकाले बाँझो जमिनको लागत लिएर त्यसमा खेती गर्ने भएको छ ।
नगरप्रमुख बिमला अर्यालले रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै व्यक्तिले बाँझो राखेका जग्गा,विद्यालयका जग्गा,सामुदायिक संस्थाका जग्गा आदिको लगत लिएर त्यस्ता जग्गामा खेती गर्ने बताउनुभयो । नगरपालिकाले खाद्यान्नमा आत्मनिर्भर हुन र आयातलाई प्रतिस्थापन गर्न यो नीति लिएको हो । रोजगारीका लागि देश विदेश भौतारिनेहरुले आफ्नै नगरलाई हराभरा बनाउन सहयोग गर्नुुपर्ने अर्यालको भनाइ छ ।
कृषीलाई अपमान होइन सम्मान गर्ने वातावरण नगरपालिकाले दिनै भन्दै अर्यालले कृषीमा रोजगार र जीवन खोज्न सबैलाई आग्रह गर्नुभयो । बाँझो र पर्ती जमिनमा मौसम अनुसारको खेती गर्न नगरपालिाकाले प्रोत्साहन गर्ने उहाँको भनाइ छ । कृषीमा क्रान्ती गरौं,नगरलाई आत्म निर्भर बनाउँ । बाँझो र खाली जमिनमा खेतीपाती गर्ने किसानलाई नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता अर्यालको छ ।