काठमाडौ -सत्ता गठबन्धन सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बस्ने भएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्ने भएको हो । निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन सकेको छैन । कार्यदलको पहिलो बैठक २३ गते बसेको थियो ।
आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । सोही मापदण्डका अनुसार दलहरूबीच सिट बाँडफाँड हुनेछ ।





प्रतिक्रिया