अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवाहकै भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरीत : कमल थापा

विवाहकै भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरीत : कमल थापा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रपहित विपरीत रहेको बताउनुभएको छ ।

‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादस्पद छ,’ अध्यक्ष थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुहुन्छ, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने वैवाहिक अंगिकृतसम्बन्धी व्यवस्था राष्ट्रहित विपरीत र आपत्तिजनक छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन सम्बन्धी विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देशको लागि हित हुने समेत उहाँले बताउनु भयो ।