अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ताप्लेजुङ निर्वाचनको तयारीमा : भदौ १५ गते भित्र सबै पालिकामा प्रशिक्षण कार्यक्रम

एमाले ताप्लेजुङ निर्वाचनको तयारीमा : भदौ १५ गते भित्र सबै पालिकामा प्रशिक्षण कार्यक्रम


ताप्लेजुङ- निर्वाचनको तयारी स्वरुप नेकपा एमाले ताप्लेजुङले नौ वटा स्थानीय तहमा कार्यकर्ता प्रशिक्षण र पार्टी प्रवेशलाई तिव्रता दिने भएको छ ।
बुधबार र बिहीबार भएको पार्टी जिल्ला कमिटीको बैठकले यस्तो निर्णय गरेको पार्टी उपसचिव एवं प्रचार विभाग प्रमुख दिपेन पोमुले जानकारी दिनुभयो । पोमुका अनुसार भदौ १५ गते भित्रमा सबै नौ वटै पालिकाहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ । त्यसका लागि सम्बन्धित पालिकामा भएका प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्य मध्येबाट तीनजनाले प्रशिक्षण दिनुुुहुनेछ ।
‘समय व्यवस्थापन गरेर पार्टी केन्द्रीय सचिव एवं साँसद योगेश भट्टराई र पोलिटव्यूरो सदस्य तिलकुमार मेन्याङ्बो पनि केही पालिकाहरुमा पुग्नुहुनेछ ’ पोमुले यो बेलासँग भन्नुभयो ‘केन्द्रीय सदस्य उर्मिला थेबेलाई सिदिङ्बा र पासाङ शेर्पालाई श्रीजंघा गाउँपालिकामा प्रशिक्षको रुपमा अनुरोध गरिएको छ । ’


पोमुले दिएको जानकारी अनुसार नेपाली काँग्रेसबाट हालै एमाले प्रवेश गरेका काँग्रेसका पूर्व उपसभापति मणी लाबुङलाई जिल्ला सल्लाहकार परिषदमा र माओवादीका पूर्व उपसचिव दिल कुमार हेल्लोकलाई जिल्ला कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको छ ।