अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शितलनिवास अगाडि निहारिकाको आत्मदाह प्रयास

शितलनिवास अगाडि निहारिकाको आत्मदाह प्रयास


काठमाडौँ – न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । 

 वसन्तपुर डबलीमा साउन २० बाट आमरण अनशन सुरू गरेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाह गर्न बताउँदै आइरहेकिथिइन् ।  

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उनले बच्चाको डिएनए टेस्ट म्याच गराउन र आरोपिलाई पक्राउ गर्न माग राखेकी छन् ।

यसअघि आरोपिलाई जिल्ला अदालत धनुषाले उनीहरुबीच सहमतिमै सम्वन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । उक्त मुद्दाको पेशी सरेको स¥यै छ । 

यसअघि गत जेठमा पनि निहारिका आमरण अनशन बसेकी थिइन् । सरकारी पक्षसँग ५ बुँदे सहमति पछि उनको अनशन तोडिएको थियो । गृहमन्त्री बालकृष्ण खाँडले नै जुस पिलाएर अनशन तोडेका थिए । तर, आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो छ ।