अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना

बागमती र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना


काठमाडौ -आज देशका विभिन्न भागमा मौसम बदली हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा आंशिकदेखि सामान्यसम्म बदली रहने मौसमविद्ले बताएका छन्। अपराह्नतिर काठमाडौं उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार राति देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।