अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाली महिलालाई लालबाबुको आग्रह : तिजमा बिरहका होइन गौरवका गीत गाउनुहोस

झापाली महिलालाई लालबाबुको आग्रह : तिजमा बिरहका होइन गौरवका गीत गाउनुहोस


काठमाडौं – नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले महिलाहरुलाई तिजमा बिरहका होइन गौरवका गीत गाउन आग्रह गर्नुभएको छ ।
झापा काठमाडो. सम्पर्क मञ्चले आज आयोजना गरेको तीज गीत कार्यक्रममा बोल्दै पण्डितले बिरहको गीत गाउने जमाना सकिएको बताउनुभयो । विश्वमा नै नेपाली महिलाहरुको उपस्थिती राजनीतिको उच्च तहमा उल्लेखनीय रहेकोले गौरवगाथाका गीता गाएर सबैलाई प्रभाविच पार्नु पर्ने पण्डितको भनाइ छ ।


‘बिरहका गीतले निराशा दिलाउछ । नेपाली महिलाहरुले अब निराश हुनुपर्ने समय सकियो’पण्डितले भन्नुभयो ‘अब गौरवगाथाका गीता गाउनुहोस । सबैका लागि उदाहरणीय बन्नुहोस ।’
पण्डितले भारत र अमेरिकाका संसदमा भन्दा नेपालको संसदमा महिलाको संख्या बढी भएकोले नेपालको गौरवलाई गीत मार्फत विश्मा चिनाउनु पर्ने बताउनुभयो । ‘नेपालमा राष्ट्रपति महिला,संसादमा ३३ प्रतिशत महिला त्यसलाई बढाएर ५० प्रतिशत बनाउने कुरा गर्दैछौं’ पण्डितले भन्नुभयो ‘अनि फेरी हामीले तीजका नाममा बिरहका गीता गाउने ? होइन अ बगौरवगाथाका गीता बजाउँ । त्यसमा खुशीले नाचौं ।’