काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा भए पनि जनताको आकर्षण अथाह भएको बताउनुभएको छ ।
नेकपा एमाले झापा काठमाडौं सम्पर्क मञ्चको तिज कार्यक्रममा शुभकामना मन्तज्य राख्दै अध्यक्ष ओलीले दैनिक पार्टी प्रवेशका कार्यक्रममा आफू सहभागी हुन नै आफूलाई भ्याइ नभ्याइ भएको उल्लेख गर्नुभयो । ‘अक्सर सत्तामा हुँदा दलप्रति मानिसको आकर्षण भएको देखिन्छ तर यहाँ अनौठो भएको छ । सत्ताधारी दल त्याग्दै मानिसहरुले एमाले रोज्दैछन्’ अध्यक्ष ओलीले भन्नुभयो ।

कार्यक्रममा संक्षिप्त सहभागीता जनाउनु भएका अध्यक्ष ओलीले तिजको अवसरमा सम्पूर्ण महिलाहरुलाई शुभकामना दिनुभएको छ । उहाँले आजको दिन सबैले नाचगान गरेर रमाइलो गरी बिताउन समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष ओली पत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्छ । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि भइरहेका छन् ।






प्रतिक्रिया