अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी चुनावमा एमाले एक्लैले ३९ सिट जित्छ : विशाल भट्टराई

आगामी चुनावमा एमाले एक्लैले ३९ सिट जित्छ : विशाल भट्टराई


काठमाडौं – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आगामी चुनावमा जति दल मिले पनि एमालेले ३९ सिट जित्ने दाबी गर्नु भएको छ ।

काठमाडौंको बानेश्वरमा आयोजित एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने बताउनु भएको हो ।

 भट्टराईले भन्नुभयो, ‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्षलाई बुझाएका छौं, बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुन्छ ।’

‘सबै दल एकातिर लाग्दा पनि ३८ लाख मत पाएको छ, २०६ स्थानीय तह जितेको छ’, भट्टराईले भन्नुभयो ।