अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मैले जस्तो सम्पत्ति प्रचण्ड, देउवा र नेपालले राज्यलाई बुझाउन सक्छन् ? : अध्यक्ष ओली

मैले जस्तो सम्पत्ति प्रचण्ड, देउवा र नेपालले राज्यलाई बुझाउन सक्छन् ? : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको जिकिर गर्नुभएको छ ।

आज लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले मेरा घर, घडेरी, बैंक ब्यालेन्स सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छु ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले जस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’

अध्यक्ष ओलीले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धन गरेको हो । एक्लाएक्लै चुनाव लड्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन सठबन्धन बनिरहेको छ । पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिएको छ ।’

उहाँले नेपाली कांग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसकेर अरुको सहारा खोजिरहेको बताउनु भयो । कांग्रेसले लोकतन्त्रलाई गलत दिशामा लैजान खोजिरहेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, ‘प्रतिष्पर्धा भनेको लोकतन्त्र हो तर देशलाई द्वन्द्व र दुस्मनीतर्फ लगिरहेको छ । यसमा विदेशी शक्तिले खेल्न सक्छन् ।’