अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौ उपत्यकाका खोलामा पानीको सतह बढेकोले यात्रा गर्दा सजगता अपनाउनु

काठमाडौ उपत्यकाका खोलामा पानीको सतह बढेकोले यात्रा गर्दा सजगता अपनाउनु


काठमाडौ- काठमाडौं उपत्यकामा केहीदिन देखि भारी वर्षा भइरहेकोले खोला छेउका सडकमा हिड्दा सावधानी अपनाउन आग्रह गरिएको छ । बाढी पूवानुमान महाशाखाले आज विहानै सुचना जारी गरेर उपत्यकामा रहेका खोलाहरुमा बाढीको सतह बढेकोले सर्तक रहन आग्रह गरेको छ । मनोहरा,गोदावरी,वागमती,बिष्णुमती आदि खोलामा बाढीको सतह बढेकोले कम्तीमा विहान ८ बजेसम्म सजगता अपनाउन महाशाखाले सुचना जारी गरेको छ ।
“पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ,” महाशाखाले बिहान ५ बजे सूचना जारी गर्दै भनेको छ, “सबै नदीमा जलसतह बढ्दो छ, मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्छ । अर्को तीन घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं ।”