अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाको एकलौटी विरुद्ध कोइराला पक्षको रचनात्मक विद्रोह

देउवाको एकलौटी विरुद्ध कोइराला पक्षको रचनात्मक विद्रोह


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाका प्रमुख तोक्दा एकलौटी गरेको आरोप लागेको छ।

देउवाले नेविसंघ, तरूण दल, किसान संघ, आदिवासी जनजाति महासंघ, महिला संघलगायतमा आफूनिकटलाई अध्यक्ष बनाएका छन्। यी भ्रातृ संस्थाका प्रमुख तोक्दा नेता शेखर कोइरालासँग परामर्श नगरिएकोमा देउवाको आलोचना हुने गरेको छ। सभापति देउवाले आफूनिकटलाई भ्रातृ संस्थाका प्रमुख तोक्दै गए पनि कोइरालालगायत नेताले त्यसको विरोध नगरेको आरोप पनि छ।

कोइराला समूहका विद्यार्थीहरूले सभापतिको एकलौटीपनविरूद्ध उभिन आफ्नै पक्षका नेतालाई ध्यानाकर्षण गराएका छन्।

शनिबार उनीहरूले उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार, कोइराला, नेता अर्जुननरसिंह केसीसहित नेतालाई भेटेर ध्यानाकर्षण गराएका हुन्। सभापति देउवाले एकलौटी गरेकोले रचनात्मक विद्रोह गर्न नेताहरूलाई ध्यानाकर्षण गराएको सहभागी एक नेताले बताए ।
महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, काठमाडौंस्थित विभिन्न क्याम्पसका नेविसंघले शनिबार ध्यानाकर्षण पत्र नै कोइरालासहित नेतालाई बुझाएका थिए।

कोइरालाले १४ औं महाधिवेशनका बेला आफूले पार्टीमा भागबन्डा नखोज्ने बताउनुभएको थियो। तर अहिले सभापति देउवाले आफू निकटलाई भ्रातृ संस्था प्रमुख तोकेपछि कोइराला समूहभित्रै भागबन्डा लिनका लागि माग भइरहेको छ।