काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकारले नसक्ने बताउनुभएको छ । उहाँले काठमाडौंका मेयर बालेन साहलाई सरकारको भर नपरी एमालेसँग सहकार्य गर्न आग्रह गर्नुभएको छ ।
आज सँसदमा बोल्दै भट्टराईले सरकारसँग कुनै भिजन र हुत्ती नभएकोले काठमाडौको फोहोर व्यवस्थापन हुन नसकेको बताउनुभयो । ‘यो सरकारको भर पर्नुभयो भने तपार्ईं असफल हुनुहुन्छ’ भट्टराईले भन्नुभयो ‘त्यसैले एमालेसँग आउनुहोस । हामीसँग काठमाडौलाई सफा र संरक्षण गर्ने उत्कृष्ट योजना छ । ’





प्रतिक्रिया