काठमाडौं – प्रतिनिधिसभा सदस्य मायादेवी न्यौपानेले गठबन्धन सरकारले जनताको मागअनुरुप केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकार मंसिर ४ गते हुने निर्वाचनपछि कमण्डलु लिएर बनारस जानुपर्ने बताउनु भयो ।
न्यौपानेले भन्नुभयो, ‘यो गठबन्धन सरकारले जनतालाई केही पनि दिन सक्दैन। विद्यार्थीलाई किताब दिन सक्दैन। किसानलाई मल, बीउ र सिँचाइ दिन सक्दैन। व्यवसायीलाई कच्चा पदार्थ दिन सक्दैन। उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ । यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्दा ठीक हुन्छ । यो सरकार खरानी घसेर मंसिर ४ गने हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस्‚ दिल्लीतिर जाओस्। एमालेका केपी शर्मा ओली पुनः प्रधानमन्त्री हुनुहुनेछ।’
निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री हुने दाबी उहाँले गर्नुभयो ।





प्रतिक्रिया