सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिकामा १२ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।
प्रहरीकहाँ जाहेरी आएपछि उनका बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गत बुधबार राती उक्त घटना घटेको र त्यसको ठिक २ दिनपछि शनिबार मात्रै घटना सार्वजनिक भएको हो । बालिकालाई बलात्कार गरेको जानकारी आफन्तले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको प्रहरी टोलीले ती बाबुलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा अघि बढाएको छ ।
अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया