अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुराम भट्टराई हँसिया हथौडा लिएर चुनाव लड्न तयार

बाबुराम भट्टराई हँसिया हथौडा लिएर चुनाव लड्न तयार


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ।  अध्यक्ष भट्टराई नेकपा माओवादी केन्द्र छोडेको ७ वर्षपछि हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्न तयार भएका हुन् । २०७२ साल असोज ९ गते माओवादी पार्टीलाई चर्किएको घरको संज्ञा दिएका बाबुराम कमजोर भएपछि अन्तत्वगत्वा हँसिया हथौडा चुनाव चिन्ह लिएर  निर्वाचन लड्न सहमत भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामबीच लामो छलफल भएपछि हँसिया हथौडा चिन्ह लिएर चुनाव लड्न तयार भएका हुन् ।

प्रचण्ड र बाबुरामबीच लामो छलफल  गर्दै गएपछि एउटै चुनाव चिन्हबाट निर्वाचन लड्न तयार भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनाव लड्न तयार भएका छौं । अब प्रचण्ड र बाबुरामजीको छलफलपछि दुबै पार्टीको बैठकबाट अनुमोदन हुन्छ त्यसपछि समझदारी बन्नेछ ।’

२०७४ सालको दोस्रो संविधानसभा निर्वाचनमा आँखा चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । त्यतिबेला बाबुरामलाई काँग्रेसले सघाएको थियो । गत वैशाख ३० गतेको स्थानीय चुनावमा छाता चुनाव चिन्ह लिएर गएका थिए । जसपाबाट उपेन्द्रले बाबुरामसहित ९ जनालाई पार्टीबाट निकालेपछि उहाँ हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचन लड्न तयार भएका छन् ।

एमालेबाट भने वलीले चुनाव लड्ने तयारी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘मैले २०७४ सालको चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिएँ । पार्टीले मलाई टिकट दिएपछि हिरा कमरेड लड्नुभयो । यो पटक चाहिं चुनावमा एमालेबाट मैले चुनाव लड्ने तयारी गरेको छु । त्यसैअनुसार जनताको सेवामा खटिएकी छु ।’