अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङ निर्वाचन क्षेत्र-३ बाट चुनाव लड्छु : कोमल वली

दाङ निर्वाचन क्षेत्र-३ बाट चुनाव लड्छु : कोमल वली


काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्य कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट संघीय सांसद पदका लागि चुनाव लड्ने घोषणा गर्नुभएको छ।  तत्कालीन वाम गठबन्धनबाट नेकपा एमालेका नेता हिराचन्द्र केसी नेकपा एकीकृत समाजवादीतिर गएपछि वलीले एमालेबाट चुनाव लड्ने तयारी गर्नु भएको हो ।

केसीले पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरेका छन् ।  यद्यपि नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले समेत सो क्षेत्रमा आफ्नो दाबी छाडेका छैनन् । गठबन्धन भएमा तीन नम्बर क्षेत्र गिरीले नछोड्ने अडानमा छन् । तर उत्तिकै जोडतोडका साथ गठबन्धनबाट एकीकृत समाजवादीका केसी पनि टिकट लिन लागि परेका छन् ।