अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई भेट्न हृदेयश त्रिपाठी बालकोटमा, गठबन्धनका विषयमा छलफल

अध्यक्ष ओलीलाई भेट्न हृदेयश त्रिपाठी बालकोटमा, गठबन्धनका विषयमा छलफल


भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भेटघाट गर्नुभएको छ ।

करीब ४० मिनेट अध्यक्ष ओलीसँग भेटेर केहीबेर अघि बालकोटबाट बाहिरिएका त्रिपाठीले विविध विषयमा कुरा भएको बताउनुभयो । ‘भेटघाट त हामी गरिरहन्छौं । तर आजको भेट चुनाव केन्द्रित नै हो’ त्रिपाठीले यो बेलासँग भन्नुभयो ‘प्रारम्भिक चरणको कुरा भएको छ । अरु कुरा हुँदै जाला ।’

त्रिपाठीले अघिल्लो चुनावको मोडलमा नभइ एमालेसँग चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भएको बताउनुभयो । ‘पहिला म एमालेको सूर्य चिन्हमा चुनाव लडेको थिएँ तर अहिले मेरो आफ्नो पार्टी छ’ त्रिपाठीले भन्नुभयो ‘त्यसैले दुई पार्टीबीच के कसरी गठबन्धन गर्न सकिन्छ भन्ने बारेमा सामान्य कुराकानी भएको हो ।’

त्रिपाठी गत निर्वाचनमा सूर्य चिन्ह लिएर नवलपरासीको क्षेत्र नं ३ बाट निर्वाचन जित्नु भएको थियो ।