काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अधिकारअनुसार नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको बताउनु भएको छ ।
महामन्त्री थापाले राष्ट्रपतिले विधेयक प्रतिनिधिसभामा फर्काउनै हुँदैन थियो भन्ने आफूलाई लागेको बताउनु भयो ।
‘राष्ट्रपतिले फिर्ता पठाउन पाउने संविधानमा ब्यवस्था गरेकै हो त,’ थापाले भन्नुभयो, सोही व्यवस्थाको आधारमा फर्काउनै हुँदैनथ्यो भन्ने मलाई लाग्दैन।’
सोही विधेयक जस्ताको तस्तै राष्ट्रपति कार्यालयमा पठाउने अधिकार संसदलाई भएको भन्दै अहिले टिप्पणी गर्नुपर्ने आधार नभएको थापाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यो फर्काएको कुरालाई स्वीकार गर्ने र जस्ताको तस्तै राष्ट्रपतिकहाँ पुर्याउने अधिकार हामीसँग संसदमा छ। अहिले त्यसमा टिप्पणी वा आलोचना गर्नैपर्छ भन्ने कुरा छैन।’
संविधानले राष्ट्रपतिलाई केही प्रमाणीकरण र केही पुनर्विचार गर्न संसदमा पठाउन पाउने अधिकार दिएकोले त्यही अनुसार सोही अधिकार प्रयोग गरेको उहाँले बताउनु भयो ।





प्रतिक्रिया