अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघले सफा गर्‍यो बोनेश्वरको फोहोर

युवा संघले सफा गर्‍यो बोनेश्वरको फोहोर


काठमाडौँ – काठमाडौंको मुख्य शहर मानिएको नयाँ बानेश्वरको फोहोर नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले सफा गरेको छ ।

आज नयाँ बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवा संघका कार्यकर्ताहरुले उठाएका हुन्।

विसर्जनस्थलमा देखिएको विवादका कारण काठमाडौंको नियमित रुपमा उठाउन समस्या भइरहेका बेला युवा संघ नेपालले बानेश्वरको फोहोर उठाएको हो ।

नेकपा एमालेले सरकारले महानगरलाई आवश्यक सहयोग नगर्दा फोहोर उठाउन समस्या भइरहेको आरोप लगाउँदै आएको छ।

एमालेले काठमाडौंका मेयर बालेन्द्र शाहलाई फोहोर व्यवस्थापनको सवालमा एमालेसँग सहकार्य गर्न आग्रह गरेको छ । एमालेले फोहोर व्यवस्थापनमा सरकारको हुत्ती नभएको आरोप लगाएको छ । यस्तै काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध हुन नदिन आज बञ्चरेडाँडामा प्रहरी परिचालन गरिएको छ ।