ललितपुर – ललितपुरको बागडोलमा बस दुर्घटना हुँदा ८ जना घाइतेको बागडोलमा यात्रुबाहक सार्वजनिक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
आज दिउँसो ललितपुर महानगरपालिका-४, बागडोलमा बस पल्टिएको ललितपुर प्रहरीले जानकारी दिएको छ। एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको मध्य उपत्यका बस पल्टिएको हो ।
थापा, काठमाडौं किर्तिपुर नगरपालिका-८ की ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरी धरान उपमहानगरपालिका २० घर भई हाल काठमाण्डौ कीर्तिपुर बस्ने ३३ वर्षीया सन्ध्या राई र दोलखा घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने ३० वर्षीया सबिना खड्का घाइते भएका छन्।
यस्तै, ललितपुर महानगरपालिका १४ नखिपोटका ३० वर्षीय उदेश्य वाग्ले, सिन्धुपाल्चोक घर भई हाल ललितपुर महानगरपालिका-४ धोविघाट बस्ने ५९ वर्षीय जितबहादुर पोखरेल, रामेछाप घर भई हाल भक्तपुर सूर्य बिनायक बस्ने ४५ वर्षीय खड्गबहादुर थापा र कलंकीका ६७ वर्षीय खिलबहादुर भण्डारी घाइते भएका छन्।
घाइतेहरुलाई उपचारका निम्ति स्टार अस्पताल लगिएको प्रहरीले जनाएको छ।





प्रतिक्रिया