अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको पत्र भोली संसदमा पेश गरिदै

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको पत्र भोली संसदमा पेश गरिदै


काठमाडौं- राष्ट्रपतिको कार्यालयबाट फिर्ता आएको विवादित नागरिकता विधेयक मंगलबार संसदमा पेश गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार पुनर्विचार गर्न पठाएको ९ पृष्ठ लामो सन्देशको पत्रमाथि मंगलबारदेखि संसदमा छलफल थालिने भएको छ। राष्ट्रपति भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाएको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभालाई जानकारी गराएसँगै यसमाथि छलफल अघि बढ्ने छ।
प्रतिनिधि सभाको मंगलबारको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराउनु हुने’ उल्लेख गरिएको छ।

साउन १५ मा संघीय संसदका दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि आइतवार साँझ प्रतिनिधि सभामै फिर्ता पठाउनुभएको थियो