अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई निर्वाचन आयोगको आग्रह : १० करोड खर्चेर गाउँपालिका अध्यक्ष भएका व्यक्ति चिनाइदिनुस्न

प्रचण्डलाई निर्वाचन आयोगको आग्रह : १० करोड खर्चेर गाउँपालिका अध्यक्ष भएका व्यक्ति चिनाइदिनुस्न


काठमाडौं -माओवादी अध्यक्ष प्रचण्डको चुनावी खर्च सम्बन्धी अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानआकर्षण भएको जनाएको छ । प्रचण्डले केही दिन अघि गाउँपालिकाको अधयक्ष जित्नका लागि १० करोड रुपैंया खर्च लाग्ने बताउनुभएको थियो । आयोगले १० करोड रुपैंया खर्च गरेर अध्यक्ष जितेका व्यक्ति चिनाइदिन आग्रह गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएको आयोगको जानकारीमा पुगेपछि ती व्यक्तिबारे जानकारी गराउन आग्रह गरिएको हो ।

‘चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस् भनेका हौँ,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो । उनका अनुसार केही दिन अगाडि प्रचण्डलाई यस्तो आग्रह गरेर पत्र पठाइएको छ ।