काठमाडौं- अन्तराष्ट्रिय युवा दिवशको अवसरमायुवा महिला र राजनीति विषयक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रम छ ।
दिउसो १ बजे कोटेश्वरको ए वान पार्टी प्यालेसमा हुने कार्यक्रममा महिलाहरुलाई राजनीतिमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल चलाइनेछ । अनेम संघले युवा महिलाहरुलाई राजनीतिमा अघि बढाउनका लागि देशैभर युवा महिला कमिटी गठन गरिरहेको छ । आजको कार्यक्रममा केही विदेशी प्रतिनिधीहरु पनि सहभागी अनेम संघकी नेतृ शर्मीला कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार युवा दिवशको सन्दर्भमा आयोजना गरिएको कार्यक्रम भएकोले युवा महिलाको तर्फबाट मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी पनि वक्ताको रुपमा हुनुहुन्छ ।





प्रतिक्रिया