अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवलको कारिकोटे होटलमा एक महिला र पुरुष मृत अवस्थामा फेला

बुटवलको कारिकोटे होटलमा एक महिला र पुरुष मृत अवस्थामा फेला


बुटवल – बुटवलको स्याङजा कारीकोटे होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।

कारीकोटे होटलको कोठा नं.१३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा युवती पलङ्गमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

उनीहरु को हुन्, बुटवलमा किन आए उनीहरुको सम्बन्ध के थियो भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।