अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा एलपी साँवाको प्रश्न: भूमिहिनलाई लालपूर्जा नबाँड्ने आयोग के गर्दैछ ? जनता जान्न चाहन्छन्

संसदमा एलपी साँवाको प्रश्न: भूमिहिनलाई लालपूर्जा नबाँड्ने आयोग के गर्दैछ ? जनता जान्न चाहन्छन्


काठमाडौ- नेकपा एमालेका साँसद एलपी साँवाले गठन भएको एक वर्षसम्म सुकुम्बासी समस्या समाधान आयोग एक गर्दैछ भनेर जनताले जान्न चाहेको बताउनुभएको छ ।
आजको संसद बैठकको शुन्य समयमा बोल्दै साँवाले गठबन्धन सरकारले देवी ज्ञवाली आयोगले बाँड्न ठिक्क पारेका धनीपुर्जा किन नबाँडेको भनेर प्रश्न पनि गर्नुभएको छ । आफूले झापाको क्षेत्र नं ४ बाट प्रतिनिधित्व गर्ने भएकोले त्यस क्षेत्रका भूमिहिन जनताको समस्या सँसदमा उठाउनु आफ्नो कर्तव्य भएको भन्दै त्यस क्षेत्रका जनतालाई तत्काल धनीपूर्जा वितरण गर्न सरकारसँग माग गर्नुभएको छ ।
‘म झापा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधित्व गर्दछु’ साँवाले संसद बैठकमा सरकारको ध्यानाकर्षण गर्दै भन्नुभयो ‘ झापा जिल्लाको शिवसत्ताक्षी,कनकाई गौरादह, गौरीगञ्ज र झापा गाउँपालिकामा रहनु हुने अव्वस्थित बसोबास गरेका भूमिहिन र सुकुम्बासीहरुलाई तत्काल लालपुर्जा वितरण गरियोस । म सरकारसँग जोडदार माग गर्दछु ।’

साँवाले संसदमा राखेको मन्तव्य जस्ताको तस्तै
सम्माननीय सभामुख महोदय,
वर्षौं देखि अव्यवस्थित बसोबास गरेको भूमिहिन सूकूम्बाुसीहरुले लालपुर्जा पाउन सकेका छैनन् ।उनीहरुको एउटै सपना छ लालपूर्ज प्राप्त गर्ने । भूमी सम्बन्धी समस्या समाधान आयोगले ११ लाख ८० हजारको लागत संकलन गरेको थियो । त्यो आयोगले १सय १९ स्थानीय तहहरुसँग सम्झौता गरी जग्गाको नाप नक्सा तयार गर्ने कार्य समेत सम्पन्न गरेको थियो । तर लालपुर्जा दिने गरी निर्माण भएको देवी ज्ञवाली आयोग गठबन्धन सरकारले खारेज गरिदियो । र,नयाँ आयोग बनायो । यो आयोग बनेको पनि एक वर्ष हुन लागेको छ । जनता जान्न चाहन्छन् आयोग एक वर्षसम्म के गर्दैछ ? म झापा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधित्व गर्दछु । झापा जिल्लाको शिवसत्ताक्षी,कनकाई गौरादह र गौरीगञ्ज र झापा गाउँपालिकामा रहनु हुने अव्वस्थित बसोबास गरेका भूमिहिन र सुकुम्बासीहरुलाई तत्काल लालपुर्जा वितरण गरियोस । म सरकारसँग जोडदार माग गर्दछु ।