अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाद्वारा १० जनालाई कार्यसमिति सदस्यमा मनोनयन

देउवाद्वारा १० जनालाई कार्यसमिति सदस्यमा मनोनयन


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीटा देवकोटा (नवलपुर) रहेका छन् ।

देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।