अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फुटबलको मैदान पस्नासाथ मेसी भइँदैन : अध्यक्ष ओली

फुटबलको मैदान पस्नासाथ मेसी भइँदैन : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटबल मैदानमा पस्नासाथ मेस्सी बन्ने सपना देख्न नहुने बताउनु भएको छ ।

बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले ‘राजनीति र युवा-महिला’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘फुटबलको मैदानमा पुग्दासाथ रोनाल्डो मेस्सी सबै आउट गोल्डेन बुट म ल्याउँछु भनेर गफ दिएर हुन्छ ? अनावश्यक गफ दिएर हुँदैन ।’

‘हामी चलाउँछौं देश, एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरेको जस्तो,’ अध्यक्ष ओलीले भन्नुभयोने, ‘आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वर्ण पदक जित्न गयो । एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ ।’

युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर नहुने बताउँदै ओलीले यसैका लागि केही मापदण्डहरू बनाइएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर हुँदैन । पीएचडी लिन पनि समय चाहिन्छ । हतार गरेर हुँदैन ।’

महिला आन्दोलनको नाममा विकृतितिर जान नहुनेमा जोड दिँदै ओलीले सही बाटोमा हिँड्न महिला नेतालाई आह्वान गर्नुभयो ।

महिला आन्दोलन, जागरण र सशक्तिकरणलाई गलत बाटोमा जान दिन नदिन उहाँले आग्रह गर्नुभयो ।