काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल टिकटक हेरिनसक्नु भएको बताउनुभएको छ ।
‘हामी सम्मान गर्छौं सबैलाई तर आफ्नो सम्मान आफैं भत्काउने क्रियाकलाप गरेपछि त्यो बन्द गर्नुपर्ने हुन्छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘छिटो छिटो टिकटकबाट भाग्नु पर्ने हुन्छ । हेर्न नसकिने अवस्था हुन्छ ।’
अध्यक्ष ओलीले भन्नुभयो ‘हामीले आफूले आफैंलाई गलत बाटोतिर लान दिनु हुदैन ।’ महिला आन्दोलन,महिला जागरणलाई गलत बाटोतिर जान दिनु नहुने अधयक्ष ओलीको भनाइ छ । यो जागरण सही बाटोका लागि भएको उहाँको भनाइ छ ।
अनेम संघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त धारणा राख्नु भएको हो ।





प्रतिक्रिया