अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै


काठमाडौ- सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बालुवाटारमा बस्दैछ।

अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्ने तयारी छ । यसअघि बसेको कार्यदल बैठकले सिट बाँडफाँट आधारको खाका प्रस्तुत गर्ने जिम्मेवारी संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो।

गत वैशाखको स्थानीय चुनाव, २०७४ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दलले ल्याएका मत, संसदमा अहिले दलहरूको प्रतिनिधित्वलगायत हेरेर सिट बाँडफाँट आधारका खाका प्रस्तुत गर्ने तयारी छ। ‘उहाँले गत स्थानीय चुनावमा वडाहरूमा सत्ता गठबन्धनमा रहेका दलहरूले ल्याएका मत, ०७४ को चुनावमा ल्याएका मतलगायत अध्ययन गरिराख्नुभएको छ,’ एक सदस्यले भने, ‘संयोजकले आज केही न केही खाका बैठकमा पेश गर्नुहुन्छ।’

गत साउन २० मा सत्त गठबन्धनका ५ दलले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्नेबारे टुंगो गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थिए।