दलाल पुँजीवादको वकालत गर्ने कांग्रेससँग समाजवादी भन्ने माओवादीको एजेण्डा कसरी मिल्यो ?
रोल्पा – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेबाहेक कुनै पनि दलले आफ्नो एजेण्डा लिएर चुनावमा जान नसकेको टिप्पणी गर्नुभएको छ ।
आज रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमानको सत्तारुढ गठबन्धनलाई एजेण्डाविहीनहरुको गठजोड भएको आरोप लगाउनु भयो ।
‘दलाल पुँजीवादको वकालत गर्ने नेपाली कांग्रेससँग समाजवादी भन्ने माओवादीहरुको एजेण्डा कसरी मिल्यो’ सचिव रायमाझीले प्रश्न गर्नुभयो ।
एमाले छाडेर गएकाहरु पनि मूल पार्टीमा फर्किने तयारीमा रहेको सचिव रायमाझीले बताउनु भयो । सशस्त्र युद्ध कालमा आफू रोल्पा रुकुम लगायतको आधार इलाकामा २ वर्ष ईन्चार्ज भएर बिताएको स्मरण गर्दै माओवादी केन्द्रमा देखिएको रोल्पा रुकुमको विवाद युद्धकालकै निरन्तरता भएको जिकिर गर्नुभयो ।





प्रतिक्रिया