काठमाडौं – वागमती प्रदेशका पूर्वसामजिक विकास मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई जनताले अनुमोदन नगर्ने बताउनु भएको छ ।
संयोजक गौतम माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने सहमति भएपछि असन्तुष्टि जनाउनुभएको हो ।
उहाँले फेसबुकमा लेखेका छन्, ‘…. भन्दा देख्नेलाई लाज। हामी कोही राजनीतिकर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुँदैन नि ! राष्ट्रियसभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन। गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठे पनि हुँदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया।’
राष्ट्रियसभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता नभएको उहाँको बुझाइ छ। २०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित हुनु भएको थियो ।





प्रतिक्रिया