अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० वर्षपछि कार्यकर्तासहित एमालेमै फर्किए जसपा उपाध्यक्ष हेमराज राई (सूचीसहित)

१० वर्षपछि कार्यकर्तासहित एमालेमै फर्किए जसपा उपाध्यक्ष हेमराज राई (सूचीसहित)


काठमाडौं – जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि फेरि नेकपा एमालेमै फर्किनुभएको छ । जसपाका प्रभावशाली नेता–कार्यकर्तासहित उहाँ आज एमाले प्रवेश गर्न लाग्नुभएको हो । उहाँहरुलाई पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ ।

भोजपुर टेम्केमैयुङका राई पूर्व उद्योगमन्त्री समेत हुनुहुन्छ । २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै हेमराजले एमाले छाड्नुभएको थियो । राईले आफूसहित १५० जना नेता कार्यकर्ता एमालेमा फर्काउनुभएको हो ।

हेमराज राईसँगै जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई, सुनिल राई एमाले प्रवेश गर्न लाग्नभएको हो ।

उपेन्द्र यादव र अशोक राईलाई प्रदेश–१ मा बाबुराम भट्टराईले पार्टी छाडेकोभन्दा हेमराजलगायतको टिमले छोड्दा बढी धक्का पुग्ने छ ।