अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो देशद्रोही गठबन्धन ! : अध्यक्ष ओली

यो देशद्रोही गठबन्धन ! : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्तारूढ गठबन्धन देशद्रोही गठबन्धन रहेको टिप्पणी गर्नुभएको छ ।

आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो देशद्रोही गठबन्धन हो । गठबन्धनले नेपाली जनतालाई ढाँट्छ-छल्छ। एमसिसीलाई पत्र लेख्छ अनि लेखेको छैन भनेर पन्छिन खोज्छ । लेखेको पत्र त आइसक्यो भन्यो, होइन भन्छ । त्यस्तो होइन भने त्यस्तै चाहिं होइन लेख्न चाहिं लेखेकै हो भन्छ ।’

गठबन्धनका नेताहरूलाई लाजसरम नभएको उहाँले बताउनु भयो ।