अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


दार्चुला – दार्चुलामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा पाँचजना यात्रुको मृत्यु भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ।

उद्धारका लागि प्रहरी टोली परिचालन भएको छ, थप विवरण आइसकेको छैन ।

जीप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको थियो। अहिले घटनास्थलमा प्रहरी र स्थानीयसहित उद्धारमा जुटिसकेका छन्।