झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा आइपुग्नु भएको छ । अध्यक्ष ओली तीन दिने बसाईसहित आज झापा आउनु भएको हो ।
अध्यक्ष ओलीलाई चन्द्रगढी बिमानस्थलमा एमाले नेता कार्यकर्ताहरुले भब्य स्वागत गर्नुभयो । तीन साता अघि चार दिन बसेर फर्कनु भएका अध्यक्ष ओली फेरि तीन दिन बस्ने गरी झापा आउनु भएको हो ।
यस पटक अध्यक्ष ओलीको कार्यक्रम नेपाल कै होचो भूमी केचना देखि गौरादह र विर्तामोड देखि इलामको चुलाचुलीसम्म राखिएको छ ।
एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार आज कचनकवल गाउँपालिकाको बनियानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । बनियानीमा बृहत पार्टी प्रवेश तथा क्षेत्र नं ३ का कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओली नेपालकै होचो भूमी कचनकवल स्तम्भको अवलोकन गर्न पनि जानुहुने कार्यक्रम रहेको छ ।
यसैगरी आज साँझ पाँच बजे आफ्नो निर्वाचन क्षेत्र दमकमा मैथीली समाज र मुस्लिम समाजका अगुवा कार्यकर्ताहरुसँग भेट्ने कार्यक्रम रहेको छ । उक्त भेटघाट पशुपति मन्दिरको हलमा हुनेछ । भोली भदौ ३ गते विहान ११.३० बजे इलामको चुलाचुलीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।












प्रतिक्रिया