नेकपा एमालेका सांसद पदम गिरीले पाँच दलिय सत्ता गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरिरहेको बताउनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पास गर्न आज संसद बैठकमा भएको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनु भएको हो ।
‘गठबन्धनभन्दा ठूलो देश र जनता हुन्। गठबन्धनले देश डुबाउने काम गरिरहेको छ । राष्ट्रपतिले आठ बुँदामा छलफल गर्न पठाएको नागरिकता विधेयक फेरि जस्ताको तस्तै पठाउने तयारी भएको छ। यो एकदमै गलत हुँदैछ।’
सांसद गिरीले राष्ट्रपतिले फिर्ता पठाएको कुरा एकदमै ठीक रहेको बताउनु भएको छ । उहाँले राष्ट्रपतिले छलफल गर्न आवश्यक भनेका ८ बुँदामा कुरै नगरी सत्ता गठबन्धनले जस्ताको तस्तै पास गर्न खोज्नु आपत्तिजनक रहेको पनि बताउनु भयो ।
प्रतिक्रिया