अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको कदम ठीक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पौडेल

राष्ट्रपतिको कदम ठीक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पौडेल


काठमाडौं – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ ।

पाँच दलीय गठबन्धनकी सदस्य समेत रहेकी सांसद पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा भएको त्रुटीबारे सदनले छलफलमा ल्याओस् भनेर सुझावसहित फिर्ता पठाएकोमा स्वागत गर्नुभयो ।

आज प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै पौडेलले यस्तो बताउनु भएको हो ।

राष्ट्रपतिले फिर्ता गरेपछि मंगलबार संसदमा पेश गरिएको यो विधेयक बिहीबारै पास गर्ने निर्णयमा सत्ता गठबन्धन पुगेका बेला उहाँले यस्तो बताउनु भएको हो ।

नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै उहाँले विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘खुला सीमाना भएको देशमा विवाह गरेकै आधारमा नागरिकता प्राप्त गर्न योग्य हुने हो भने हामी फिजी हुने सम्भावना पनि छ । प्रायजसो देशमा (अंगीकृत नागरिकता दिन) सर्टेन टाइम राखेको पाइन्छ । वास्तविक नेपालीलाई नागरिकता दिन समस्या छ भने त्यसमा सुधार गर्नुपर्छ ।’