अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बालुवाटारको पाँच दलीय संयन्त्र संविधानको कुन धारा अन्तर्गतको हो ? : भीम रावल

बालुवाटारको पाँच दलीय संयन्त्र संविधानको कुन धारा अन्तर्गतको हो ? : भीम रावल


काठमाडौं – नेकपा एमालेका सांसद डा. भीम रावलले पाँच दलीय गठबन्धनले देशमा राजाको जस्तै शासन चलाउन खोजेको बताउनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाइदिएको नागरिकता विधेयकबारे आज संसद बैठकको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भारत, बंगलादेश र भुटानसहितका बिहे गरेर जाने विदेशीले नागरिकताबाहेक अरु अधिकार मात्रै पाउने व्यवस्था रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रपतिले पुनर्विचार गर्न पठाउँदा संसदीय समितिमा छलफल नगर्ने यही हो त लोकतन्त्रको अभ्यास ? यही हो राष्ट्रियता प्रतिको प्रतिवद्धता ? पाँच वर्षदेखि सात वर्षसम्म अवधि तोक्ने कुरा संविधान बनाउँदा नै उठेको थियो। बहुमत छँदैछ पछि राख्ने भनिएको थियो। त्यो प्रतिवद्धताबाट पछि हटेर अहिले अर्को निर्णय गर्ने ?’

‘बालुवाटारमा बस्ने पाँच दलीय संयन्त्र कुन संविधान र धाराअन्तर्गतको हो ? उहाँले प्रश्न गर्नुभयो, ‘त्यसले त्यहाँबाट जे फैसला गर्यो त्यही मानिदिनुपर्ने नेपाली जनताले ? त्यो संयन्त्र संविधानभन्दा माथि हुन्छ ?’

उहाँले संविधान र कानुनअनुसार अघि बढ्ने प्रतिवद्धता गरे पनि अहिले पाँच दलले राजतन्त्रको जस्तै अभ्यास गरिरहेको बताउनु भयो ।

‘पाँच दलको मनपरी चलिरहने हो भने किन राजतन्त्र समाप्त गरेको त ? उहाँले भन्नुभयो, ‘त्यसो भए पाँच दलीय अमिर घोषणा गरौँ। खाडीसहितका मुलुकमा अमिर प्रथा छ, नेपालमा पनि अमिर प्रणाली गरे हुँदैन र ?’