अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आफ्नै छोरीको चिन्ता छैन, विदेशी बुहारीको चिन्ता किन ? : विष्णु शर्मा

आफ्नै छोरीको चिन्ता छैन, विदेशी बुहारीको चिन्ता किन ? : विष्णु शर्मा


काठमाडौं – सांसद विष्णु शर्माले विदेशी बुहारीलाई नागरिकता दिँदा निश्चित समयावधी राख्नुपर्नेमा जोड दिनुभएको छ।

आज प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथिको छलफल कार्यक्रममा भाग लिँदै उहाँले २२ महिना राज्य व्यवस्था समितिमा छलफल गरेको विधेयक किन लत्याइयो भन्दै प्रश्न गर्नुभयो । राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई हल्का फुल्का रुपमा नलिन सरकारलाई आग्रह गर्दै उहाँले विदेशी बुहारीलाई नागरिकता दिनुअघि परिचयपत्रको व्यवस्था गर्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो– ‘आफ्नै छोरीको हामीलाई चिन्ता छैन, विदेशबाट आउने बुहारीको यति धेरै चिन्ता किन ? हाम्रा छोरीले विदेशीसँग बिहे गर्दा भारतमा ७ वर्ष, अरु देशमा १२ वर्ष कुर्नुपर्ने तर अरु देशबाट बुहारीको रुपमा आउँदा तत्काल नागरिकता दिइहाल्नुपर्ने ? अरु देशलाई पनि हेरौँ । त्यसकारण हाम्रो देशमा पनि समयावधी राखौँ ।’