अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होचो ठाउँमा अग्लो मान्छे (फोटो फिचर)

होचो ठाउँमा अग्लो मान्छे (फोटो फिचर)


झापा– झापाको केचना मुलुकको सबैभन्दा होचो ठाउँ मानिन्छ ।

समुद्र सतह भन्दा केवल ६० मीटरको उचाईमा रहेको झापाको केचना पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै आएको छ । समुद्र सतहभन्दा सबै भन्दा होचो ठाउँमा मुलुकको राजनीतिका सबैभन्दा अग्ला मान्छे अर्थात् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो ।

आम जनताबीच समकालिन राजनीतिमा सबैभन्दा बढी प्रभाव छाड्न सफल अध्यक्ष ओली यही क्षेत्रको भ्रमणमा पुग्नुभएको छ । तीन दिने झापा बसाइमा अध्यक्ष ओली कचन कबल गाउँपालिकाको केचनामा पुग्नुभयो ।

केचना पुगेर अध्यक्ष ओलीले आफ्नो बाल्यकाल, राजनीतिक कालको सम्झना पनि गर्नुभयो ।

कचनकवल क्षेत्रको भौतिक पूर्वाधार र पर्यटकीय विकासका लागि अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्रीत्व कालमा उल्लेख्य बजेट विनियोजन गर्नुभएको थियो । आगामी दिनमा पनि भौतिक पूर्वाधारको विकासका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।