अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटनामा परी दुईको मृत्यु

दुर्घटनामा परी दुईको मृत्यु


सप्तरी – सप्तरीमा छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका–३ मधुवनमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १८ वर्षीयको रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टेबल पङ्खा पर्खालमा राखी चलाइरहेको अवस्थामा अचानक उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

यस्तै सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–५ जोगिनियामा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको जनाको मृत्यु भएको छ  । मोटरसाइकलको पछाडि सवार सप्तरीको  राजविराज नगरपालिका–९ मलेठ बस्ने विजय मेहताको ४० वर्षीय श्रीमती अनुराधा मेहताको मृत्यु भएको प्रहरी नायब  उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प७६२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकी उनको पनि छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबीच दुवै ठाउँको घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।