अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यमा मतदान गरेर आफ्नो मतको सदुपयोग गर्न युवालाई अध्यक्ष ओलीको आग्रह

सूर्यमा मतदान गरेर आफ्नो मतको सदुपयोग गर्न युवालाई अध्यक्ष ओलीको आग्रह


झापा –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई पहिलो मतदान सूर्यमा दिन आवहान गर्नुभएको छ ।

झापाको गौरादहमा आयोजित कार्यकर्ताहरुसँग भेटघाट गर्दै अध्यक्ष ओलीले सूर्यमा हालको मत मात्र सदुपयोग भएको बताउनु भयो ।

‘सम्पूर्ण अभिभावकले पहिलो पटक मतदान गर्दै गरेका आफना छोराछोरीलाई सूर्यमा मतदान गर्न सिकाउनु होस्’, अध्यक्ष ओली भन्नुभयो, ‘गठबन्धन अथवा अन्य दलले चुनाव जित्ने होइन, जित्ने पार्टी एमाले हो । त्यसकारण सूर्यमा मतदान गर्नुपर्छ भनेर सम्झाउनुहोस् ।’

उहाँले सम्पूर्ण युवाहरुलाई मतदान केन्द्रका सुरक्षा गर्नका लागि रणनीति र योजना बनाउन निर्देशन दिनुभएको छ ।