अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहजिल्ला भ्रमणको तेस्रो दिन अध्यक्ष ओली तीनवटा कार्यक्रममा सहभागी हुँदै

गृहजिल्ला भ्रमणको तेस्रो दिन अध्यक्ष ओली तीनवटा कार्यक्रममा सहभागी हुँदै


झापा -गृह जिल्लाको भ्रमणको तेस्रो दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तीनवटा कार्यक्रममा सहभागी हुनुहुनेछ ।
आज विहान ११ बजे प्रोग्रेसिप इन्जिनियर एशोसिएसन नेपालको प्रदेश नं १ स्तरीय सम्मेलन विर्तामोडको सिटी सेन्टरमा उद्घाटन गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । दिउसो १ बजे अनेम संघ झापाको जिल्ला अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्नुहुनेछ । उक्त कार्यक्रम हिमाल पार्टी प्यालेस विर्तामोडमा हुनेछ । दिउसो २.३० बजे नेपाल उद्योग तथा व्यावसायी महासंघको जिल्ला भेलालाई सम्बोधन गरेर अपरान्ह ३।३० भद्रपुरबाट काठमाडौ फर्कने कार्यक्रम छ ।