अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्जमा ४.८ रेक्टरको भूकम्प

नेपालगञ्जमा ४.८ रेक्टरको भूकम्प


नेपालगञ्ज- पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। पश्चिम नेपालका केही जिल्ला र छिमेकी मुलुक भारतको लखनउ क्षेत्रमा समेत भूकम्पको धक्का महसुस भएको थियो।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँके केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। राति १बजेर २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। त्यसअघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बुधबार दिउँसो ४.२ म्याग्नेच्युडको भूकम्प भएको थियो।