अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यका : प्लटिङमा पहिरो (फोटोफिचर)

काठमाडौं उपत्यका : प्लटिङमा पहिरो (फोटोफिचर)


काठमाडौं – सहरमा खाली ठाँउ छैन । जग्गा व्यवसायीले  काठमाडौंको काठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन्। पहाडका भीरमा सरकारी मापदण्ड र अनुमतिबिना गरिएका प्लटिङ वर्षाको पहिरोले बगाएको छ। वर्षे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ। पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ।

निजी क्षेत्रलाई व्यवस्थित बसोवासका लागि जग्गा टुक्रा पारेर प्लटिङ गरेर बिक्री वितरण गर्न दिने कानुनी व्यवस्था छैन। स्थानीय सरकारसँग जग्गा सम्याउने अनुमति लिएर व्यवसायीले मालपोतसँग साँठगाँठ गरेर जग्गा कित्ताकाट गरेर प्लटिङ गरिरहेका छन्। अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ।

बर्खायाम सुरु भएपछि बस्ती अव्यवस्थित प्लटिङकै कारण जोखिममा परिरहेका छन्। काठमाडौंका सीमित क्षेत्र मात्र होइन, प्लटिङको समस्या उपत्यकाभरि नै छ। काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको अवस्था उही हो। अव्यवस्थित प्लटिङका कारण भौतिक संरचनासँगै स्थानीयको अन्नबालीमा पनि ठूलो क्षति पुगेको छ। प्लटिङ गर्नलाई खोलाको बगरसमेत छाडिएको छैन।

बर्खायाम सुरु भएपछि बस्ती अव्यवस्थित प्लटिङकै कारण जोखिममा परिरहेका छन्। काठमाडौंका सीमित क्षेत्र मात्र होइन, प्लटिङको समस्या उपत्यकाभरि नै छ। काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको अवस्था उही हो। अव्यवस्थित प्लटिङका कारण भौतिक संरचनासँगै स्थानीयको अन्नबालीमा पनि ठूलो क्षति पुगेको छ। प्लटिङ गर्नलाई खोलाको बगरसमेत छाडिएको छैन।

उक्त निर्णयले सर्वसाधारणलाई समस्या भएको र भूमाफियासमेत मौलाएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानुन तर्जुमा नहुन्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो। मन्त्रालयको नयाँ निर्देशनमा स्थानीय तहबाट खेतीयोग्य जग्गा होइन भन्ने लेखी आए कित्ताकाट गर्न सकिने व्यवस्था छ।

जथाभावी प्लटिङका कारण अहिले धेरै समस्या सिर्जना भएका छन्। प्लटिङ गरिएका जग्गामा पहिरो गएको छ भने बस्ती नै जोखिममा परिरहेका छन्।

न्युज एजेन्सी नेपालले आजको फोटो फिचरमा यिनै समस्यालाई क्यामेरामा कैद गरेको छ। काठमाडौं उपत्यकामा अवैध प्लटिङमा गएको पहिरो आजको फोटो फिचरमा-

ललितपुरको लामाटार सिस्नेरी ।

ललितपुरको लामाटार सिस्नेरी ।

ललितपुरको लेले ।

ललितपुरको लामाटार ।

ललितपुरको लामाटार ।

ललितपुरको लामाटार ।

ललितपुरको चापागाँउ न्यौपाने गाँउ ।

ललितपुरको टौखेल ।

ललितपुरको झरुवाराशी ।

ललितपुरको लेले थापागाँउ ।

ललितपुरको लेले थापागाँउ ।

ललितपुरको लेले ।

विशंखुनारायण ।

ललितपुरको झरुवाराशी ।