काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा वर्तमान सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ ।
यतिखेर महंगीको मारमा परेका जनतालाई राहत दिन सरकारले तत्काल काम गर्न सक्ने बताउनु भएको हो ।
आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताउनु भयो ।
इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भन्नुभयो, ‘अटोमेटिक प्रोसेसिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्नु भएन नि । सरकारले अलिकति पहल गर्नुपर्यो।’
स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको छ।







प्रतिक्रिया