अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनमा कांग्रेसलाई पेल्न खोजे परिणाम राम्रो आउँदैन: गगन थापा

गठबन्धनमा कांग्रेसलाई पेल्न खोजे परिणाम राम्रो आउँदैन: गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनभित्र कांग्रेसलाई पेल्न खोजे निर्वाचनमा परिणाम राम्रो नआउने चेतावनी दिनुभएको छ ।

कांग्रेस प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनमा न्यूनतम साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताउनुभएको हो ।

महामन्त्री थापाले भन्नुभयो, ‘स्थानीय चुनावदेखि संघको चुनाव गरेर जाँदै छौँ। अहिले तालमेल बनेको छ। तालमेलको विषयमा दलमा दुई मत थियो। हामीले तालमेल नगरे अरूले गर्छ भन्नेमा हामी प्रष्ट छौँ। त्यो कुरा ०७४ मै देखियो। सिटको बाँडफाँड गरेर मात्रै हुँदैन। न्यूनतम विषयमा साझा अवधारणा लिएर जनतामा जानुपर्छ।’