अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विचार मिल्ने बामपन्थी शक्तिसँग आगामी निर्वाचनमा सहकार्य हुन सक्छ : सचिव रायमाझी

विचार मिल्ने बामपन्थी शक्तिसँग आगामी निर्वाचनमा सहकार्य हुन सक्छ : सचिव रायमाझी


चितवन – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले बामपन्थी शक्तिहरुसँग आगामी निर्वाचनमा सहकार्य हुन सक्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले बामपन्थी शक्तिसँग सहकार्यको सम्भावना रहेको बताउनु भएको हो ।

‘विचार बिनाको एकाताको काम छैन । विचार मिल्ने बामपन्थी लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य हुन सक्छ’ सचिव रायमाझीले भन्नुभयो ।

माओवादी अध्यक्षले काङ्ग्रेसँग धेरै सिट माग्न समाजवादी केन्द्रको बहस सुरु गरेको समेत उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कहिले एमाले कहिले समाजवादी केन्द्रको बहस आइरहेको छ । कांग्रेससँग धेरै सिट माग्न प्रचण्डको कार्ड मात्र हो ।’