काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरस्थित मेडिसिटी अस्पताल पुग्नुभएको छ । उहाँ अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुग्नुभएको हो ।
बिहान ११ बजे अस्पताल पुग्नुभएका राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा.उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहनुभएको थियो ।
अस्पताल पुगेर राष्ट्रपति भण्डारीले लामो समयदेखि उपचार गराइरहनुभएका गिरीको स्वास्थ्यलाभको कामना गर्नुभयो । निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएका गिरीको गतवर्ष घाँटीमा क्यान्सर देखिएको हो । उहाँलाई भारतको मुम्बईमा उपचारपछि काठमाडौं ल्याइएको हो ।
प्रतिक्रिया